धनगढी विमान स्थलको जग्गा अधिकरणका लागि थप बजेट

कैलाली, ६ पुस । धनगढी विमान स्थलका लागि नागरिक उडड्यन प्राधिकरणले विमानस्थल स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न अपुग रकम पठाएसंगै बिमानस्थलममा रात्रिकालीन उडान भर्ने उपकरण जडान समेत केहि महिना भित्र नै शुरु हुने धनगढी विमान स्थलले जनाएको छ ।

रकम आएसंगै बिमानस्थलको स्तरोन्नती गर्नका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम र रात्रीकालिन उडानका लागि आवश्यक उपकरण जडानका लागि बाटो खुलेको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले बताए । प्राधिकरणले दोस्रो किस्ता मार्फत बिमानस्थलको जग्गा अधिग्रहणका लागि थप ८ करोड ११ लाख रकम पठाएको छ । धनगढी विमानस्थलले चालु आर्थिक बर्षमा १७ विहाग ३ विगाह जमिनका लागी यस अघि २ किस्ता गरी १५ करोड वितरण गरेको विमानस्थल प्रमुख ठकुल्लाले जानकारी दिए ।

जग्गा अधिग्रहणको काम सकिएपछि चालु आर्थिक बर्षमा नै धनगढी बिमानस्थलमा रात्रीकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डिएमई जडान हुने विमानस्थल प्रमुख ठकुल्लाले बताए । प्राधिकरणले रात्रीकालिन उडानका लागि एप्रोच लाईट पनि जडान गर्नेछ । बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडान भएपछि दिउसो सामान्य तुवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाईट जडान भएसँगै रात्रीकालीन अवतरण र उडान भर्न सकिने छ ।

अहिले आँखाले ५ किलोमिटर दुरीसम्म देखिएपछि मात्रै जहाज अवतरण हुन्छ भने भिओर डिएमई जडान भएपनि १६ सय मिटरको भिजिविलिटीमा जहाज अवतरण गर्न सकिने विमान स्थल प्रमुख ठकुल्लाको भनाई छ ।

२०६२/६३ मा पिच भएको धनगढी विमानस्थलमा अहिले ओभर लेनको काम पनि सम्पन्न भएको छ । पिच भएको १० बर्ष पछि ओभर लेनको काम गनुपर्ने भएका कारण अहिले विमानस्थलको पिचमा ओभरलेन भएको विमानस्थल प्रमुख ठकुल्लाको भनाई छ । विमानस्थलको पिचमा देखिएका केहि खाल्टाखुल्टी ओभर लेनले पुरि दिएको ठकुल्लाले बताए ।