भालुको आक्रमणबाट महिलाको मृत्य
काठमाडौं, ६ पुस । डोटीको पूर्वी चौकी गाउँपालिका–६ की एक महिलाको भालुको आक्रमणबाट मृत्यु भएको छ ।
४५ बर्षीया किसरा देवी भुलको जंगलमा दाउरा लिन जाँदा भालुको आक्रमणबाट मृत्यु भएको हो । उनी बुधबार स्थानीय भाम्केको जंगलमा दाउरा लिन गएकी थिइन् ।













