अतिक्रमित जग्गा खालीगर्न नगरपालिकाद्धारा उर्दी जारी

कैलाली, ४ पुस । मोहना पुल अतरिया सडक योजना अन्तरर्गत निर्माण भईरहेको छ लेन सडकको दुवै पट्टी २५/२५ मिटर भित्र राखिएका ब्यापारीक तथा निर्माण सामाग्रीहरु एक हप्ता भित्र खाली गर्ने धनगढी उपमहानगरपालिकाले सुचना जारी गरेको छ ।

सडक अतिक्रमित तथा सडकको सिमा भित्र दायाँबायाँ राखिएका ब्यापारी तथा निर्वाण सामाग्रीहरु बालुवा, गिट्टी, ढुङगा र इटा ७ दिन भित्र खाली गर्न नगरपालिकाले सुचना जारी गरेको छ ।

त्यस्तै सडक पेटी छेउमा राखिएका खोका, ठेला लगायत अन्य पसलका सामान समेत आजको मिती देखि ७ दिन भित्र हटाउँन धनगढी उपमहानगरपालिका सुचना जारी गरेको धनगढी उपमहानगरपालिका वरिष्ट इन्जिनियर द्धिजराज भट्टले बताए ।

उनले मोहना अतरिया छ लेन सडकको काममा कसैलाई पनि अवरोध नगर्ने आग्रह गरे । सडक अतिक्रमित गरी राखिएका सामान तथा खोका ठेला आजको मिती देखि ७ दिन भित्र नहटाए नगरपालिकाले जफत गर्ने धनगढी उपमहानगरपालिका सामाजिक विकास साखा प्रमुख टंक विष्टले जानकारी दिए ।

उनले ७ दिन सम्म पनि कसैले सामाग्री नहटाए नगरपालिको डोजरले सवै खोका ठेला भत्काउनुका साथै सामान समेत जफत गर्ने बताए ।
मोहना पुल अतरिया छ लेन सडक आयोजना अन्तरगत अहिले ३ वटै ठेक्काको काम धमाधम भईरहेको छ ।