सेवक नेपालद्धारा सिमान्तकृत बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धनगढी, ४ पुस । सेवक नेपाल धनगढी कैलालीद्धारा ३ हजार ६ सय बालबालिकालाई शैक्षिक सामाग्री सहगोग गरेको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सेवक नेपाल धनगढीले कैलाली सामुदाय विकास परियोजना अन्र्तगत बाल प्रयोजन सेवा मार्फत सिमान्तकृत समुदाय तथा गरिबीको रेखामूनि रहेका बालबालिकाहरुमा सहजै शिक्षामा पहुँच पुगाउने उद्देश्यले शैक्षिक सामाग्री सहयोग गरेको हो ।

जिल्लाको बर्डगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिका भित्र रहेका ६३ विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको सेवक नेपालको शिक्षा विकास अधिकृत प्रेम चौधरीले जानकारी दिए ।

सो परियोजना संचालित ६३ विद्यालय र बाहिरका ४५ विद्यालयको कक्षा एकदेखि १० सम्म अध्ययनरत ४ हजार १ सय १२ बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्ने लक्ष्य रहेको उनले बताए । नोभेम्बर १३ देखि विभिन्न ठाउँमा शिविर संचालनगरि सो सामाग्री वितरण गरेको हो ।

परियोजनाले हाल सम्म ३६ सय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको र बाँकी बालबालिकाहरुलाई वितरण कार्यक्रम जारी रहने अधिकृत चौधरीले जानकारी दिए ।

कक्षा एकदेखि ३ सम्मा १ सय ३९ जना, कक्षा ४ देखि ५ सम्मा ६ सय ३२ जना, कक्षा ६ देखि ८ सम्मा १९ सय ५ जना र कक्षा ९ देखि १० सम्मा ९ सय ३ जनालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताए ।

शैक्षिक सामाग्रीमा कपी, पेन्सील, इरेजर, डटपेन, ज्यामित्री वक्स र सबै विद्याथीलाई एक जोडा स्कूल ड्रेस (सर्ट पैन्ट बन्ने कपडा) सहयोग गरेको चौधरीले जानकारी दिए ।