राजधानी अत्तरिया हुने माग राख्दै प्रधानमन्त्रीलाई ज्ञपानपत्र

धनगढी, ४ पुस । प्रदेश नम्बर ७ को राजधानी अतरिया हुनुपर्छ भन्दै अतरियामा गठन भएको दबाव सहुहले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालय सिंह दरवार काठमाडौमा ज्ञापन पत्र वुझाएको छ ।

कैलालीको अतरिया विभिन्न दृष्ट्रिकोणले प्रदेश नम्बर ७ को राजधानीका लागि उपयुक्त स्थान भएको भन्दै अतरियामा गठन भएको दबाव समुहले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र वुझाएको हो ।

जनघनत्व, थरुहट थारुवान आन्दोलनको मर्म, ७ नम्बर प्रदेशको राजधानी, स्थल तथा हवाई यातायतसंग जोडिएको क्षेत्र कैलाली तथा अतरिया भएका कारण राजधानी यतै हुनु पर्ने दबाव सहुहका संयोजक नन्दराज भट्टले बताए ।

उनले भौतिक संरचनाका लागी पर्याप्त खाली जमिन, अन्तराष्ट्रिय ब्यापार विस्तारकका लागी गौरीफन्टा र बनबासा नाकाहरुलाई प्रयोग गर्ने सकिने आधार रहेको बताए ।

राजधानीका लागी आवश्यक पर्ने सुरक्षा र तत्काल आवश्यक पर्ने कार्यालय भवनका लागी गोदावरीमा खाली अवस्थामा रहेका भवन लाई प्रयोग ल्याृन सकिने उनको भनाई छ । वाईट कैलालीको अतरिया गठन भएको दवाव समुह धनगढी, महेन्द्रनगर र टीकापुरमा समेत गठनको तयारीमा रहेको उनले बताए । कैलाली कंचनपुरबाट निर्वाचनत सांसदहरु संग समेत यसका बारेमा छलफल भईरहेको उनको भनाई छ ।