पत्रकार गीता मैनालीको ‘भावनाको भेल’ बजारमा

काठमाडौ, ४ पुस । पत्रकार गीता मैनालीको कविता संग्रह ‘भावनाको भेल’ बजारमा आएको छ ।

लामो समयदेखि पत्रकारितामा आवद्ध मैनालीले समाचार खोज्ने, लेख्ने, हेर्ने, सुन्ने र प्रस्तुत गर्ने क्रममा मनमा लागेका कुरालाई कविताको रुप दिएको बताइन् ।

‘एउटा पत्रकारको आँखाले देखेको समाजको चित्रण हो यो संग्रह’ मैनालीले महिला खबरसँग भनिन्, ‘पत्रकारले समाचार खोज्दा, लेख्दा धेरै कुराहरू देख्छ । तर ती सबै कुरालाई समाचारमा ल्याउन सक्दैन । समाचारमा अटाएका, नअटाएका सबै खाले विषय वस्तुहरू यसमा समावेश छन् ।’

विभिन्न शिर्षकका ६६ वटा कविता समावेश ‘भावनाको भेल’ लाई अक्सफोर्ड इन्टरनेश्नल प्रा।लि।ले बजारमा ल्याएको ।

गएको शनिबार ‘भावनाको भेल’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलको हातमा सुम्पेर लोकलाई अर्पण ९लोकार्पण० गरेको मैनालीले बताइन् ।