जेनिसा बनिन् पहिलो मिस थारु
पहिलो मिस्टर थारुको उपाधि चन्दन चौधरीलाई
काठमाडौँ ४ पुस । सोमबार राजधानीमा आयोजित मिस एण्ड मिस्टर थारु प्रतियोगितामा चितवनकी जेनिसा चौधरी पहिलो मिस थारु बनेकी छिन्। उनले अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेकी हुन्। उनले ५० हजार नगद तथा अन्य पुरस्कार पाइन्।

उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्याइदिएकी थिइन्। फस्ट रनअरप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनअरपको उपाधि यारिसा चौधरीले हात पारेका थिए। दुवै विजेतालाई मिस नेपाल इन्टरनेशनल २०१६ की विजेता वर्षाले लेखीले ताज पहिर्याइदिएकी थिइन् । उनीहरुले क्रमशः २० हजार र १० हजार तथा सम्मान पत्र पाए।

त्यसैगरी सोही समारोहमा भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले हात पारेका छन्। २१ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो उपाधि हात पारे। सुभम चौधरी फस्ट रनरअप र सेकन्ड रनअय प्रद्युम्न चौधरी भए। विजेता चन्दनले पनि नगद ५० हजार पाउनुका साथै रनरअपहरुले क्रमशः २० र १० हजार नगद पाए।

प्रतियोगितामा बेस्ट व्याक आशिष महतो र सम्झना चौधरी, वेस्ट डे«समा महेश चौधरी र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिपे्रन्जेन्टमा अनुका चौधरी, पब्लिक च्वाइसमा शेखर चौधरी र वेष्ट ट्यालेन्टको उपाधि शुभम चौधरीले हात पारेका छन्।
थारु अनलाइन मिडियाले पहिलोपटक आयोजना गरेको मिस एण्ड मिस्टर थारुमा मिस नेपाल बब्ली २०१५ की निष्मा चौधरीको कोरियोग्राफी रहेको थियो।













