मूख्यमन्त्रीकोलागि नेताहरुको विचमा होडबाजी

कैलाली, १ पौष । प्रदेश न. ७ मा प्रत्यक्षका ३२ र समानुपातिकका २१ गरी कुल ५३ सदस्यीय प्रदेश सभा गठन हुँदैछ । बाम गठबन्धनले प्रत्यक्षबाटै २७ स्थान जितेर बहुमत प्राप्त गरिसकेको छ ।

समानुपातिकतर्फ काँग्रेस र एमालेले ८÷८ तथा माओवादीले ४ र राजपाले एक सिट १ पाउने भएका छन् । एमालेले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । तर, प्रत्यक्ष निर्वाचन जित्ने एक जना पनि महिला छैनन् ।

समानुपातिकमा पाउने ८ सिट पछि प्रदेश सभामा एमालेको कुल सिट २५ हुनेछ । संविधानको धारा १७६ अनुसार राजनीतिक दलले जितेको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्छ । अर्थात एमालेबाट प्रदेशसभामा ८ महिला सदस्य हुनुपर्छ ।

प्रत्यक्षमा एकजना पनि नजितेकाले समानुपातिकमा पाएको सबै सिटमा महिलालाई पठाउनु पर्दा मुख्यमन्त्रीको दावेदार कर्णबहादुर थापा प्रदेशसभा सदस्य नै नबन्ने देख्निछ । तर उनी आफू नै मुख्यमन्त्रीको दाबेदारमा कसिएका छन् ।

माओवादी केन्द्रका प्रदेश नं ७ का इन्चार्ज तथा सांसद लेखराज भट्टले प्रतिकृयावादी तत्वले निर्वाचन हुन नदिन धेरै प्रयास गरेपनि निर्वाचन शान्तिपुर्ण रुपले सम्पन्न भएको बताएका छन् ।

महेन्द्रनगरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले काँग्रेसले लामो समय देखि सरकारमा बसेर पनि जनताको अपेक्षा पुरा गर्न नसकेकाले जनताले बाम गठबन्धनको सरकार रोजेको बताए । समय समयमा परिर्वतन हुने सरकारका कारण विकास नभएकाले जनताले स्थिर सरकारको अपेक्षा गरेको उनले बताए । उनले मुख्यमन्त्री माओवादी पाउने दाबी गरे ।