बामपन्थी सरकारले देशलाई आर्थिक सम्बृद्धितिर हाक्नेः भिम रावल

कैलाली, २९ मंसिर । एमाले उपाध्यक्ष तथा अछाम क्षेत्र नम्बर १ का नवनिर्वाचन सासद भिम रावलले नैतिकताको हिसावले प्रधानमन्त्री शेर बहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

७ नम्बर प्रंदेशका नवनिर्वाचन प्रदेश तथा प्रतिनिधि सांसदलाई बधाई तथा सम्मान दिन धनगढीमा एमाले र माओवादी केन्द्र एकता सयोजन समितिले आयोजन गरेको कार्यक्रममा रावलले वर्तमान प्रधानमन्त्री तथा काग्रेस सभापति देउवाको आलोचना गरे ।

पूर्व उपप्रधानमन्त्री रावलले हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा लज्जस्पद हार व्यहोरेको काँग्रेसका सभापति प्रधानमन्त्री देउावलाई जनताले पदमा बस्ने अधिकार नदिएको बताए । काम चलाउ सरकारले सरुवा, बढुवा तथा दीर्घकालिन प्रकृतिका निर्णय गरिरहेकोप्रति रावलले आपत्ति समेत प्रकट गरे ।

नताको जनादेश बामपन्थिप्रति आईसकेको भन्दै रावलले नया सरकार गठनका लागि माग्र प्रशस्त गरिदिनपनि देउवालाई आग्रह गरे ।
रावलले अव बन्ने बाम पन्थी सरकारले देशलाई आर्थिक सम्बृदिको बाटोमा लैजाने विश्वास ब्यक्त गरे एमाले र माओवादीविच पार्टी एकता र नया सरकार निर्माणको कार्य सगसगै सुरु हुने उनको भनाई छ ।

माओवादी नेता तथा कैलाली क्षेत्र नम्बर ४ का नवनिर्वाचन सासद लेखराज भट्टले पनि पार्टी एकता हुनेमा आशका नगर्न कार्यकर्तालाई आग्रह गरे । एमाले र माओवादी मिलेको हेर्न नचाहनेले एकिकरण नहुने हल्ला फैलाईरहेको समेत उनको आरोप छ ।

कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ बाट विजयी सासद झपट रावल, क्षेत्र नम्बर ३ बाट विजयी गौरीशकर चौधरी, क्षेत्र नम्बर ४ बाट विजयी लेखराज भट्ट, क्षेत्र नम्बर ५ बाट विजयी नारदमुनी राना, डोटीका सासद प्रेम आले लगायत प्रदेश सासदको सहभागिता रहेको थियो ।