प्रहरी भन्छ, ‘जहाँ भेटे पनि समात्छौँ रेशमलाई’

निर्वासित जीवन बिताइरहेका रेशम चौधरीले नेपाल–भारत सीमानामा बसेर निर्वाचन परिचालन मात्रै गरेनन्, विपक्षीलाई करिब २१ हजार मतान्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका छन् ।

कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गर्दै, विजयको सगरमाथा त चुमे, तर उनको सिंहदरबारको यात्रा भने महंगो पर्ने देखिएको छ ।

प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले भने, ‘कानुनतः, रेशम चौधरी पक्राउ परेर अदालत पेश गर्नुपर्ने व्यक्ति हुन्, भेटेको ठाउँमा जहाँ पनि समातेर अदालत पेश गर्छौँ ।’