कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।