क्षेत्र नं. ३ मा प्रदेश सभा १ मा वीरमान विजय

धनगढी, २५ मंसिर । कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्व सभासद वीरमान चौधरी १५ हजार ८७३ मत प्राप्त गरि विजय भएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका पुरन चौधरी १२ हजार २६१ मत ल्याएर प्राजित भए ।

त्यसै गरि राष्ट्रय प्रजातन्त्र पार्टीबाट जोगीराम चौधरी ९७१ मत प्राप्त गर्नु भयो भने नयाँ शक्ति पार्टीका राजाराम चौधरी २३६६ मत प्राप्त गर्नु भयो ।

क्षेत्र नं. ३ मा प्रदेश सभा १ तर्फ ३३ हजार ३४१ मत खसेको थियो भने एक हजार ८७० मत बडर भएको थियो ।