आखिर किन हारिन् आरजु ?
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेदवार नागदमुनी राना ४ हजार ८ सय ८० मतको अन्तरले कांग्रेसका उम्मेदवार आरजु देउवा राणालाई पछि पादै विजय भएका छन् । एमालेका नारदमुनि रानाले २७ हजार २ सय २ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत पाएकी छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार प्रधानमन्त्री पत्नी आरजु देउवालाई पराजित गर्ने नारदमुनि राना पहिलो संविधान सभा निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए ।
राना २०५४ सालमा एमालेको तर्फबाट तात्कालिक धनगढी नगरपालिकाको उप(मेयरमा पनि निर्वा्चित भएका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा जन्मिएका रानाले विद्यार्थीकालमा अनेरास्ववियुको राजनिति गरेका थिए ।
धनगढीका स्थायी बासिन्दा ४४ वर्षीय रानाले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन् । प्रधानमन्त्री पत्नी देउवाले आफूलाई स्थानीयको रुपमा देखाउन घर किनेको प्रचार गरेकी थिइन् ।
देउवाको घर किन्छु भन्ने प्रतिबद्धताले पनि उनको हारलाई रोक्न सकेन । नजिकबाट चिन्नेहरु रानालाई स्वच्छ छवि भएको नेता भन्छन् । रानाले आफुले क्षेत्र नम्बर ५ मा जितेसंगै धनगढी लाई प्रदेश नम्बर ७ को राजधानी, गौरीफंटा नाकालाई अन्तराष्ट्रिय नाका, धनगढी विमान स्थलको स्थर उन्नती र जनतासंग गरेका बाचाहरु पुरा गर्न प्रतिब्धता जनाएका छन् ।
विजेता रानाले आफुलाई जिवय गराउने सवै मतदाता तथा धनगढी वासी धन्यवाद समेत दिएका छन् । आफुले जितेसंग क्षेत्र नम्बर ५ को विकासको ढोका खलेको उनको दावी छ ।
५ हजार मतको अन्तरले विजेटा रानालाई मुख्य जिल्ला निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले प्रमाणपत्र दिदै आगामी ५ बर्षय कार्यकालका लागी शुभ कामना दिएका थिए ।
रानालाई समानुपातिक सांसद भएका बखत रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लागेको थियो । पछि उनले उक्त आरोपमा अख्तियारबाट सफाइ पाएका थिए । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ लाई कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ ।
त्यस्तै कैलाली ५ मा रहेका राना समुदायका मत तान्न आरजुले स्थानीय तहमा माओवादी केन्द्रबाट मेयर उम्मेदवार भएका राम समझ रानालाई कांग्रेसमा प्रवेश गराएकी थिइन् । स्थानीय क्षेत्रमा चर्चित रहेका नारदमुनिको व्यक्तित्वले आरजुले गरेका प्रयासलाई असफल पारिदियो ।













