कैलाली क्षेत्र नं. ३ मा गौरी शंकरको अग्रता कायमै

धनगढी, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरी ३ हजार ६ सय २ मतले अग्रता कायम गरेका छन् । ताजा मत परिणाम अनुसार २१ हजार ८४८ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार २४६ मत प्राप्त गरेका छन् । गौरीशंकर चौधरीले दोस्रो संविधानसभाको चुनाव सोही क्षेत्रबाट जितेका थिए । हाल सम्म ५४ हजार ९९७ मत गणना भईसकेको छ । जसमा ४ हजार २२८ मत बडर भएको छ ।