महिलाको पक्षमा बनेको कानुन कार्यन्वयमा धर्मगुरुहरुको प्रतिबद्धता

धनगढी, २४ मंसिर । धार्मिक अगुवा तथा गुरुवाहरु महिलाको पक्षम बनेको कानुनको पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार धनगढीमा ओरेक नेपालद्धारा आयोजित धार्मिक अगुवा तथा गुरुवाहरु महिलाको पक्षमा बनेको कानुनी प्रावधान विषयक अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता जनाएका हुन् ।

गायत्री परिवार धनगढीको अध्यक्ष बलराम धामी नेपाल सरकारले महिलाको पक्षमा बनाएको कानुनलाई पालना गरि पीडितलाई न्याय र पिडकलाई दण्ड सजायको लागि सहयोग गर्ने बताए ।

त्यसै गरी कार्यक्रममा अन्य सहभागी धार्मिक अगुवा तथा गुरुवाहरुपनि कानुनको पुर्ण पालना सहित अन्यायमा परेकालाई न्याय दिलाउन एकबद्धता जनाए ।

कार्यक्रममा संस्थाको कार्यक्रम संयोजक सरीता चौधरी नेपालको संविधानमा उल्लेख भएका महिलाको पक्षमा बनेको तमान कानुन बारे जानकारी दिईन् ।

उनले महिलामाथि हुने क्रुर हत्या तथा बलात्कार, मानव बेचविखन तथा ओसारपसार, यौन दुव्र्यहार, घरेलु हिंसा, बहु बिवाह सम्बन्धी ऐन कानुन बारे जानकारी गराईन् । कार्यक्रममा धार्मिक अगुवा तथा गुरुवाहरुको सहभागिता रहल थियो । त्यसै गरी महिला अधिकारकर्मी, पत्रकारहरुको सहभागिता रहल थियो ।