दाङमा तीन थारुको शानदार जित

दाङ २४, मंसीर । दाङको तिन निर्वाचन क्षेत्रबाट प्रतिनिधि तथा प्रदेश सभामा उम्मेद्वारी दिएका तिन थारुले शानदार जित हासील गरेका छन् ।


लामो राजनितिक यात्राको संघर्ष गर्दै दाङका तिन थारुले आफ्नो इतिहास बनाउदै प्रत्यक्षतर्फ जितेका छन् । दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा उम्मेद्वार मेटमणी चौधरी, दाङ क्षेत्र नं १ क बाट प्रदेश सभा उम्मेद्वार इन्द्रजित थारु र दाङ क्षेत्र नं ३ को १ बाट प्रदेश सभाका उम्मेद्वार डिल्ली बहादुर चौधरी रहेका छन् ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहेका मेटमणी चौधरीले ३७९३१ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काङग्रेसका सुशिला चौधरीले २४०४८ मत ल्याएकी हुन् । करिब १३८८३ फराकिलो मत अन्तरले चौधरी विजयी भएका हुन् । चौधरी एक बौद्धिक, बैचारीक नेताका रुपमा स्थापित भएका छन् ।

चौधरीको यो पहिलो जित हो । यो भन्दा पहिले पार्टि बिस्तार देखी पार्टीको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेका नेता हुन् । राजनितिमा उनको लामो संघर्ष छ । उनलाई बधाई दिनेको घुइचो छ ।

इन्द्रजित थारुले १७२८४ मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिद्धन्दी नेपाली काङग्रेसका प्रदिप थापाले ११३९२ मत ल्याका छन् । करीब ५८९२ मत अन्तरले थारु विजयी भएका हुन् । पहिलो संविधान सभाको थारु संविधान सभाको सदस्य थिए । उनलाई बैचारीक नेताका रुपमा हेरीन्छ ।

त्यस्तै भावी मुख्यमन्त्रीका दावेदार रहेका डिल्ली बहादुर चौधरी १७०३६ मत ल्याई विजयी भएका छन् । उहाँका प्रतिद्धन्दी माओवादी केन्द्रका जगप्रसाद शर्माले १४७०० मत ल्याएका छन् । झन्डै २३३६ मत अन्तरले चौधरी विजयी भएका हुन् । दाङको निर्वाचन क्षेत्र अन्तरगत नेपाली काङग्रेसबाट चौधरी मात्रै एक्लो विजयी उम्मेद्वार हुन् ।

विकासप्रेमी नेता भनेर चिनिने उहाँलाई भब्य स्वागत एवं बधाई दिइदै छ ।
अहिले विजयी नेताहरुले विजय जुलुस निकाली शहर परिक्रमा गरिरहेका छन भने गाउँ गाउँमा जुलुस सहित नेता कार्यकर्तालाई स्वागत सत्कारका लागि तयारीमा छन् ।