सबैको ध्यान कैलाली–१ मा केन्द्रीत

कैलाली, २४ मंसिर । हाल सबैको ध्यान कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीत भएको छ ।

प्रतिनिधि सभा सदस्यको उम्मेदवार एंव टीकापुर घटनाका आरोपी रेशम चौधरी हालसम्म अप्रत्यासित मत ल्याउनुले पनि सबैको ध्यान केन्द्रीत भएको हो ।

पछिल्लो परिणाम अनुसार उनी पाँच गुणा बढी मतले अगाडि छन् । रेशम जित्ने विजयी सुनिश्चत हुने आँकडाले देखाउँछ । उनी पछिल्लो मत परिणाम अनुसार १३८२५ प्राप्त गरिसकेका छन् भने उनको प्रतिस्पधी बाम गठबन्धनका उम्मेदवार गरिमा शाह २३८७ मत पाएका छन् ।

उनी यति ठूलो मतान्तरले विजय हुने पक्का भएपछि सबैकोे मनमा ठूलो कौतुहल्ता पैदा भएको छ । सबैको मनमा रेशम चौधरी जितेपछि गिरफ्तार पर्छ कि भूमिगत नै बस्छ भन्नेमा पक्ष विपक्षहरु बहसमा चलिरहेको छ ।

गणितीय तथ्यांक केलाउँदा कैलाली क्षेत्र नम्बर १ मा कूल मतदाता ९३,६७२ रहेका छन् । जस अनुरुप चुनावमा ६३ प्रतिशत मत खस्यो ।

तीन स्थानीय तह अर्थात् टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकाको आधा र जानकी गाउँपालिकाको आधा भाग यस क्षेत्रमा पर्छन् । टीकापुर बजारमा ११ हजार मतदाता बाहेक यस क्षेत्रमा थारु मतदाताहरुको बाहुल्य छ ।

पछिल्लो अवस्थामा थारु समुदायमा मजाले चेत खुलेको अनुमान गर्न सकिन्छ । किनकी थारु उम्मेदवार भएको सबै क्षेत्रमा अग्रता हासिल गरेका छन् ।

कैलालीमा थारुको जित किन ?

कैलाली जिल्ला क्षेत्र नं. ५ मा बाम गठबन्धनबाट नारदमूनि राना २७ हजार २०२ मत प्राप्त गरि विजय भईसकेका छन् । भने क्षेत्र नं. ३ मा बाम गठबन्धन तथा पूर्वकृषि मन्त्री गौरीशंकर थारु र नेपाली काँग्रेस तथा पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीको रोचक प्रतिस्पर्धा हुनु दुबैलाई थारुको मतको परिणाम हो ।

वर्षदेखि टीकापुर घटनामा आरोपित २५ जना थारुहरुलाई राज्यले राजबन्दी बनाएको छ । उनीहरुलाई बिना कसुर सजाय भोग्न बाध्य भएका छन् ।

राज्यले टीकापुर क्षेत्र आसपासका सयौं थारुहरुलाई मुख्य अभियुक्तको लिस्टमा राखेको छ । टीकापुर घटनामा आफ्नै घर जलाइँदा, प्रहरी प्रशासनको दमनमा परिँदा पनि न्यायको गुहार सम्म माग्न सकेनन् ।

उनी उल्तै लुकेर बस्नु पर्ने बाध्यता भयो । थारुको जित हुनु थारु समुदायको एकता र थरुहट आन्दोलनको ठूलो प्रभावले परिणाम उल्टिनुको प्रमुख कारण हुनसक्ने अनुमान लगाउन सकिन्छ ।