५७ हजार मतसहित केपी विजयी, दोब्बरको नजिक पुग्दै प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतसहित विजयी भएका छन् । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । ओलीका प्रतिस्पर्धी नेपाली काँग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मतमा सिमित बने ।
यसअघि ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी भएका थिए । उनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ मत मात्रै पाएका थिए ।
यसैबीच चितनव(३ को ताजा मत परिणाम आएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतान्तरलाई निकै बढाएका छन् । प्रचण्डले १८ हजार ४ सय ३ मत पाएका छन् भने राप्रापका विक्रम पाण्डे १३ हजार ८ सय ३४ मत पाएका छन् । प्रचण्डले पछिल्लो पटक पाइरहेको मतका आधारमा अब केही समयमै दोब्बरमा जाने देखिएको छ ।













