प्रधानमन्त्री पत्‍नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी

धनगढी, २४ मंसिर । प्रधानमन्त्री पत्‍नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्।

उनले २७ हजार २० सय २ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३ सय २२ मत पाए।
रानाले राणासँग चार हजार ८८० मतको मतान्तरमा जितेका हुन् ।

क्षेत्र नं. ५ मा ९१ हजार ८ सय १८ हजार मतदाता रहेको क्षेत्रमा ६१ हजार ९ सय ३४ मत खसेका थियो ।

त्यसै गरि लक्ष्मण थारुले ६ हजार ४ सय ६४ मत पाएका हुन् । टीकापुर घटनाको आरोपित थारु कैलाली कारागारबाटै राजपापार्टीबाट उम्मेदवारी दिएका थिए ।