रामजनमलाई पछि पार्दै गौरीशंकर अग्रस्थानमा

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले ३०१० मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले भने २८०८ मतसहित पछ्याइरहेका छन्।गौरीशंकर चौधरीले दोश्रो संविधानसभाको चुनाव समेत उक्त क्षेत्रबाट जितेका थिए ।