बाबुराम भट्टराई २१ सय भन्दा बढी मतले अगाडि

कडा प्रतिष्पर्धा भइरहेको गोर्खा क्षेत्र नं. २ का प्रतिष्पर्धीहरु नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिबेला काठमाडौंमा छन् । भट्टराई र श्रेष्ठले काठमाडौंबाट मतगणनाको जानकारी लिइरहेका छन् ।
निर्वाचन परिणाम आफ्नो पक्षमा आउने निश्चित भएपछि मात्रै उनीहरुमध्ये एक गोरखा जानेछन् । गोर्खाका अन्य उम्मेदवाहरु भने मतगणना स्थलमै रहेका छन् ।
शुक्रबार साँझ ७ः१५ बजेको अपडेटअनुसार २४ हजार ९ सय ७२ मत गन्दा भट्टराई २ हजार १ सय ५ मतले अगाडि छन् । भट्टराईले १२ हजार ८ सय ५ मत ल्याएका छन् भने श्रेष्ठले १० हजार ७ सय मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा ६० हजार एक सय ९ मत खसेको थियो ।













