सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । निर्वाचन सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदानस्थलबाट मतपेटिका संकलन गरेर सदरमुकाम धनगढी ल्याउने कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए ।
जिल्लाका क्षेत्र नं ४ र नं २ का दुर्गम र भौगोलिक रुपले विकट क्षेत्रका मतदानस्थलका मतपेटिका भने भोलि मात्रै आइपुग्ने जनाइएको छ । दुर्गम क्षेत्रका कतिपय मतपेटिका ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको छ । दलीय सहमतिपछि मतगणना गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।













