मतदानकोलागि परिचय पत्र वितरण शुरु, लिस्टमा नाम नभटिएपछि मतदाता निराश

धनगढी, १९ मंसिर । दोस्रो चरण अन्तरगत मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि आजदेखि मतदाता परिचय पत्र वितरणको काम शुरु भएको छ । परिचय पत्र पाएका मतदाता भने भोट हाल्न उत्साहित भएको देखिन्छ ।

केहि समय पहिले सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मत हाल्न नपाएका मतदाता यस पटक हुने आम निर्वाचनमा मत हाल्न बढी उत्साहित भएका हुन् । उनिहरुले नयाँ संरचना अनुरसार पहिलो पटक हुन थालेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा जनताका समस्या वुझ्ने नेतालाई भोट दिने बताएका छन् ।

कैलालीमा स्थानीय तहको निर्वाचन भन्दा यस पटक ६० हजार नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाताहरुका लागी विभिन्न मतदान केन्द्रबाट मतदाता परिचय पत्र लिने व्यवस्था गरिएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीका सुचना अधिकृत रुप सिंह कार्कीले बताए ।
उनले मतदाता परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम दर्ता भएकाहरुले नागरिकताबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको बताए ।

लामो समय पछि स्थानीय तहबाटै नेतृव्व चुन्नको मतदान गर्न उत्साहित बनेका मतदाताहरु चार महिना पहिले मतदाता परिचय पत्रकोलागि नाम दर्ता गराएका थिए तर लिस्टमा नाम नभेटिएपछि उनिहरु निरास भएका गुनासो गरे ।

धनगढी उपमहानगर पालिका वडा नम्बर २ सन्तोषी टोलका रुप सिंह भट्टले क्षेत्रिय निर्वाचन कार्यालय कैलालीमा नाम दर्ता गराएपनि नामावलीमा नाम नभएको गुनासो गरे । उनले निर्वाचन कार्यालयको लापरबार्हिका कारण आफु मत अधिकारबाट बञ्चित भएको बताए ।

देश नयाँ व्यवस्थामा गएपछि विकासले गति लिने आशामा जनता उत्साहित भएर मतदान गर्न तयार छन् । तर नेताहरु पुरानै एजेण्डा लिएर चुनावमा होमिएको कारण जनताको आशा निरासामा परिणत हुने हो की भन्ने चिन्ता एकातिर कायमै छ ।