निर्वाचन सुरक्षामा १० हजार सुरक्षाकर्मी खट्ने

निर्वाचनलाई शान्तिपूर्णरुपले सम्पन्न गर्न कैलालीमा १० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएमन छन् ।

निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी तथा दोस्रो घेरामा सशस्त्र प्रहरी र र तेस्रो घेरामा नेपाली सेना खटिने उनको भनाई थियो ।

स्थानीय तहको चुनावको भन्दा यसपालि ४८ मतदान केन्द्र थपिएपछि सुरक्षाकर्मी पनि थप गरेको जिल्ला सुरक्षा समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

सुरक्षा व्यवस्था बलियो बनाउन जिल्लाका विभिन्न ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीका अस्थायी बेस क्याम्प पनि स्थापना गरिएको बताए ।
नेपाल प्रहरीको चौकी नभएका ठाउँमा नेपाली सेना तथा सशस्त्र प्रहरीका २२÷२२ वटा अस्थायी बेस क्याम्प स्थापना गरिएको जिल्ला सुरक्षा समितिका सयोजक रिजालले बताए । आवश्कयता अनुसार बेस क्याम्प अझै थपिन सक्ने उनको भनाई छ ।

मसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाका २ सय ३१ मतदान स्थल र ५ सय ३८ वटै मतदान केन्द्रमा सुरक्षाको कुनै कमी नहुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

मतदान स्थल, मतदान सामग्री, मतदाता र कर्मचारीको सुरक्षाका लागी प्रहरी तैनाथ रहेको उनले बताए । वाईट कैलालीमा तोकिएका २ सय ३१ मतदान स्थलमध्ये ७७ अतिसवेदनशिल, १ सय ३७ सम्वेदनशिल र १७ मतदान स्थल सामान्य छन । प्रतिनिधि सभाको ५ र प्रदेशसभाको १० वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४ लाख ६० हजार ५ सय ७८ मतदाताले मतदान रहेका छन् ।