धनगढीमा टेलीसेन्टर स्थापना गर्नेः संचारमन्त्री बस्नेत
कैलाली, १८ मंसिर । सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत प्रदेश नम्बर ७ को प्रदेश स्तरीय टेलीसेन्टर धनगढीमा स्थापना गर्ने बताएका छन ।
सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा संचारमन्त्री बस्नेतले देशको मुलधारमा पछाडी परेको यो प्रदेशलाई सुचना तथा संचार क्षेत्रबाट अघाडी बढाउने उदेश्यले धनगढीमा टेलिसेन्टर स्थापना गर्ने बताए । उनले नेपाल पहिलो चरणकालागि सिन्धुपलान्चोक र कैलालीमा टेलिसेन्टर स्थापना गरेको बताए ।
संचारकर्मीसंग कुराकानी गर्दे मन्त्री बस्नेतले ‘राष्ट्रपती, प्रधान्याधिस, सभामुख सबै महिला भैसकेका छन् अब प्रधानमन्त्री बन्न मात्रै महिला भएकोले योग्य महिला उम्मेदवार ल्याउनु पर्ने बताएका थिए ।
नेपाल सरकारका प्रबक्ता समेत रहेका मन्त्री बस्नेतले प्रतिनिधी तथा प्रदेश सभाको संबिधान संरक्षण र कार्यान्वयनका लागि सबै मतदाताले निर्धक्क भएर मतदान गर्न सबै जनतालाई मतदान गर्न सबै जनतालाई आह्वान गरेका छन् ।













