नयाँशक्ति पार्टीबाट प्रदेश सभाका उम्मेदवार कृष्ण चौधरीको गाडीमाथि आक्रमण
धनगढी, १८ मंसिर । कैलालीको क्षेत्र नं. ३ (ख)बाट प्रदेश सभाको उम्मेवदार कृष्ण चौधरी बसेको गाडीमा आइतबार राती ८ बजे अक्रमण भएको छ ।
चौधरी सहितको ५ जनाको टोली घोडाघोडी नगरपालिका वडा नं. ७ को कृतिपुर खौरही चौकमा आक्रमण भएको उम्मेदवार कृष्ण चौधरीले जानकारी दिए ।
चौधरीको भनाई अनुसार ‘हामी जुरपानीबाट जाने क्रममा स्थानीय तहमा वडा सदस्यबाट निर्वाचित सदस्य नविन विष्टको नेतृत्वमा ८÷९ जनाको टोली रक्सी खाएर एक्कासी गाडीमाथि ढुंगा प्रहार गरेका थिए ।’ गाडीको सिसा फुटेको चौधरीको भनाई छ ।
उनले प्रसाशनलाई जानकारी दिँदा तपाईहरु छलफल गर्नुस् र मिलेर जानुस् भन्ने खबरले प्रसाशन पनि एमालेप्रति समर्थित रहेको बताए ।













