प्रधानमन्त्री देउवा बसेको होटल नजिकै शक्तिशाली बम फेला, धनगढीमा त्रास

धनगढी, १८ मंसिर । कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल डिभोटी नजिकै बम फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।

टिफीन डव्वामा राखीएको टाईम बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रधानमन्त्री देउवा डडेल्धुरा जाने तयारीमा रहनुभएकाले उहाँको रुट जाच गर्ने बेला बम फेला परेको हो । विगत ३ दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा बसिरहनुभएको छ ।

डडेल्धुरा जाने रुटमा बम फेला परेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले सेनाको कुकुर प्रयोग गरी रुट जाच गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले जानकारी दिनुभयो ।