पारस्परिक जवाफदेहीता प्रवद्र्धनका लागि युवा स्वयम्सेवक
धनगढी, १७ मंसिर । सशक्त समाजको परिकल्पना (ईजी) नेपाल द्धारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताकालागि युवाहरुको भुमिका विषय एक दिने कार्य सम्पन्न भएको छ ।

यूएनडीपी नेपाल÷सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम धनगढीको सहयोगमा आइतबार कैलारी गाउँपालिकामा सो कार्यक्रममा भएको हो ।
कार्यक्रममा नेतृत्वदायी भुमिकामा निर्वाह गर्ने कैलारी गाउँपालिकाका २७ जना युवाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वर्तमान युवा वर्गलाई समाज प्रति उत्तरदायी बनाउन र पारस्परिक जवाफदेहिता प्रवद्र्धन गर्ने सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा इजी नेपालका अध्यक्ष विरेन्द्र चौधरीले स्वयम्सेवाक मार्फत संविधान कार्यान्वयनको सहज व्यवस्थापनकालागि सामाजिक सद्भाव र संघीय प्रणालीका संरचनाहरुको निर्माण, विकास, निर्वाचन तथा संघात्मक शासन अभ्यासको क्रममा विविध समुदायका लोकतान्त्रिक सहभागितालाई जोड दिने बताए ।

उनले विकास प्रक्रियामा युवाको भुमिको सिर्जना गर्दै तिनीहरुलाई मुलधारमा ल्याउन, स्थानीय प्रतिनीधि तथा युवा स्वयम्सेवक बीचको पारस्परिक जवाफदेहितालाई कायम गर्न युवा संलग्नता बृद्धि गर्नुपर्नेमा जोड दिए ।













