२१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा
धनगढी, १७ मंसिर । सात नम्बर प्रदेशमा दोस्रो चरण अन्तरर्गत अछाम, डोटी, डडेल्धुरा, कैलाली र कंचनपुरमा सम्पन्न हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको क्षेत्रिय निर्वाचन प्रमुख मोहन अर्यालले बताए ।
उनले पहाडी जिल्लामा हिजो देखि मतदान सामाग्री सहित मतदान अधिकृत र सुरक्षा निकाय लाई पठाउने काम भईरहेको बताए । उनले कैलाली जिल्लामा ४ हजार ३ सय कर्मचारी मतदान प्रक्रियामा सहभागी भईरहेको बताए । २१ गते सम्पन्न हुने आम निर्वाचनमा मतदान गर्ने मतदातालाई १९ र २० गते परिचयपत्र वितरण गरिने अर्यालको भनाई छ ।
कैलालीको पहाडी क्षेत्रका मदतान स्थलमा समेत आज देखि मतदान अधिकृतहरु मतदान सामाग्री सहित खटिएका छन् । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरर्गत चुरे जनता आधारभुत माध्यामिक विद्यालयका निर्वाचन अधिकृत प्रकाश दत्त भट्टले निर्वाचन सामाग्री सहित आज देखि मतदान स्थलमा गएको बताए ।
उनले भोलि मतदान स्थलमा गई त्यहाँका राजनैतिक दल संग अन्तरक्रिया कार्यक्रम गर्न र त्यसपछि मतदान स्थलको निर्माण कार्य शुरु हुने बताए ।
कैलालीमा रहेका ५ सय ३८ मतदान स्थलमा सुरक्षा निकाय बाहेक ४ हजार ३ सय कर्मचारी परिचालन भएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीले जनाएको छ













