क्षेत्र नम्बर ३ का दुई प्रतिस्पर्धीको जम्काभेट, चुनाव जित्नमा दुबै मख्ख

धनगढी, १७ मंसिर । चुनावी घरदैलो कार्यक्रम गरिरहेको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दुई पूर्वमन्त्रीहरुबीच आइतबार जम्काभेट भएको छ ।
कैलारी गाउँपालिका–२ बसौटी गाउँमा घरदैलोको क्रममा पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी र पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीबीच भेटघाट भएको हो । पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । भने पूर्वस्वास्थ्य मन्त्री रामजनम नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन् ।
चुनावी घरदैलोको क्रममा एकले अर्काको आरोपप्रत्यारोप गर्दै हिडेका ती दुई पूर्वमन्त्रीहरु भेटघाटमा भने निकै हर्षित देखिन्थे । उनीहरुले हाार्दिकताका साथ एकले अर्कोसंग भोट मागे । जो–जसले जितेपनि लोकतन्त्र, गणतन्त्र र विकासको जीत हुने भन्दै एकले अर्कोसंग भोट मागेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सभासद हरि श्रीपाइलीले जानकारी दिए । उनीहरुदुबै जना चुनाव जित्नमा मख्ख छन् ।













