१ करोड ८ लाखमा च्याउ फर्म स्थापना

धनगढी, १७ मंसिर । देशकै नमुना च्याउ फर्मको रुपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा ओम च्याउ फर्म स्थापना भइरहेको छ ।

देश तथा विदेशमा समेत निर्यात गर्ने लक्ष्यसहित स्थापना भइरहेको च्याउ फर्मको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने संगै च्याउको विउ रोप्ने काम पनि सुरु भइसकेको छ ।

ओम केदार च्याउ तथा तरकारी फर्मले सरकारको ६५ लाख अनुदान र आफ्नो करिब ४३ लाख रुपैयाँको लगानीमा च्याउन उत्पादन गरिरहेका ओम च्याम फार्मका प्रबन्धक राजु पुनमगरले बताए । च्याउ फर्मबाट पहिलो वर्ष नै कन्य र गोब्रे च्याउन गरि करिब ३५ टन च्याउन उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

च्याउ राख्न निर्माण भइसकेका संरचनामा च्याउको विउ रोप्ने काम पनि सुरु भइसकेको छ । च्याउ फर्मले च्याउ प्रशोधनसंगै बजारीकरणको काम पनि गर्ने उनको भनाई छ ।

नेपालमा बाहिरी देश बाट आउने च्याउको पाउडर तथा सुकुटीको मागलाई स्वदेशमै पुर्ति गर्न उद्देश्यले ओम च्याउ फार्म संचालनमा आएको प्रबन्धक राजु पुनमगरले बताए ।

उनले च्याउ उत्पालनक लागी अहिले १८ वटा घर निर्माण गरेको तथा ४० देखि ४५ जनाले दैनिक काम पाएको बताए । च्याउ प्रशोधन फार्म अबको केहि दिनमा संचालनमा आउने ओम केदार च्याउ फार्मका प्राविधिक किरण घर्तीमगर बताए ।

उनको फार्ममा केही स्थानीय कृषि समूहहरुपनि जोडिएका छन् । यसले उनीहरुलाई उत्पादित च्याउको प्रशोधन र बजारीकरणमा सहज हुनेछ । ठूलो परिमाणमा उत्पादन गरिन लागिएको च्याउ फर्मबाट उत्पादित च्याउको बजारिकरणका लागि राम्रो सम्भावना रहेको च्याउ फर्मका प्राविधिक किरण घर्तीमगरको भनाई छ ।

बृहत लक्ष्यसहित स्थापना भइरहेको च्याउ फर्मबाट ठूलो लाभ लिन सकिने कृषकहरु बताउछन् । च्याउ खेतीमा संलग्न भएका कृषकहरुलाई पनि जिल्लामा ठूलो च्याउ प्रशोधन गर्न सकिने मेसिन भित्रिने भएपछि फाइदा हुने भएको छ । उत्पादित भएका च्याउ तत्काल बजारमा विक्रि हुन नसकेपनि प्रशोधन केन्द्र लिएर विक्री गर्न सकिनेछ ।