नआत्तियर रुखमा भोट हाल्नुहोस्ः डा. आरजु

धनगढी, १७ मंसिर । काँगे्रस नेतृ नेपाली काँगे्रस कैलाली क्षेत्र नम्बर ५ का उमेदवार आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका डुवानको समस्या भएको भन्दै नदि कटान रोकथाम र डुवान नियन्त्रणकालागि ठुला आयोजनाहरु लागु गर्नुपर्ने बताइनन् ।

आइतबार धनगढीमा चुनाबी सभालाई सम्बोधन गर्दै ‘डुवान र कटानकालागि जिल्लाका इन्जिनियरसंग कुराकानी भइरहेको छ ।’ उनले भनिन् ‘स्थानिय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारको समन्वयमा समस्या सामाधान गर्न सकिन्छ’ ।

उपमहानगरपालिकामा नेपाली काँगे्रसका प्रतिनिधि भएकोले प्रदेश र केन्द्रमा पनि काँगे्रसकै प्रतिनिधी भए विकास निमार्णले गति लिने उनकोे भनाइ छ । ‘विचार मिल्ने, एउटै उदेश्य भएको फुटबल टोलीले छिट्टै गोल हान्न सक्छ ।’

उनले आफु पहिलो पटक कैलाली ५ नम्बर निर्वाचन क्षेत्रबाट चुनावमा सहभागी भएको भन्दै चुनाव जिते वाचा पुरा गर्ने आवश्वासन दिईन् । ‘मैले चुलोमा खान बसाएर खाना पाकि सके पछि मात्रै बाहिर निस्कने संस्कार पाएको छु ।’ ‘मैले बोलेका बाचा जसरी भए नि पुरा गर्छु, ढुक्क हुनुहोस्’ ।

उपमहानगरपालिकाका थुप्रै वस्तीमा लाजपुर्जा सम्मस्या रहेको भन्दै नेतृ देउवाले समस्या प्रति गम्भिर रहेको बताउदै समस्या सामाधानकालागि तत्काल पहल थाल्ने बाचा गरिन् ।