कैलालीको टिकापुरमा सिलिण्डर बम विस्फोट

कैलाली । कैलालीको टिकापुरमा अज्ञात समूहले सिलण्डर बम विस्फोट गराएका छन् । टिकापुरस्थित शसस्त्र प्रहरीको गण नजिकै सिलिण्डर बम विस्फोट भएको कैलाली प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट मानवीय क्षति नभए पनि स्थानीय त्रसित भएकाछन्। बम कसले विस्फोट गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेकै दिन बम विस्फोट भएपछि शुरक्षा अवस्थाका विषयमा प्रश्न उब्जिएको छ ।

निर्वाचनविरोधि गतिविधि गरेको भन्दै कैलालीमा प्रहरिले विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेकपाका कैलाली जिल्ला इन्चार्ज महानसहित १२ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ ।