जनताको गुनासो सुन्न सक्षम उम्मेदवारलाई भोट
कैलाली, १६ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताले विकासमा भिजन भएको तथा जनताको गुनासो सुन्न सक्षम उम्मेदवारलाई प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा भोट हाल्ने बताएका छन् ।
कैलालीका ५ वटै निर्वाचन क्षेत्र मध्ये ३ नम्बर क्षेत्र विकासका दृष्ट्रिकोणले पछाडी परेको छ । भारतसंगको खुल्ला सिमाना भएका कारण पत्येक बर्ष भारतको दुधुवा नेश्नल पार्कबाट आउने जंगली जनावरले किसानको खेतमा लगाएकोे वाली नास गर्नेगरेका छन् । यि सवै समस्या समाधानका लागि विभिन्न पाटीका नेताहरुले आश्वसन दिएपनि कहिले पुरा नगरेको गुनासो मतदाताको छ ।
आसन्न मंसिर २१ गते सम्पन्न हुन गईरहेको प्रदेश र प्रतिनिधी सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्बर ३ मा विकास गर्न सक्ने नेता लाई भोट दिने त्यस क्षेत्रका मतदाताहरुको भनाई छ ।
राज्यबाट सधै ओझेलमा परेको ३ नम्बर क्षेत्रमा नदि कटानी, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्ने उम्मेदवार लाई स्थानियले मत दिने बताए । उनिहरुले स्थानीय स्तरकै नेता तथा विकासमा भिजन भएको युवालाई प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा मत दिने बताएका हुन् ।
भारतसंग खुल्ला सिमानामा पर्ने ३ नम्बर क्षेत्रमा व्यवस्थीत भन्सार नहुदाँ समेत समस्या भएको त्यस क्षेत्र मतदाताले गुनासो गरेका छन् । कैलारी गाउँपालिका वडा नम्बर ५ वैजपुरका गणेश चौधरीले भारतको दुधुवा नेश्नल पार्क बाट आउँने निल गाई तथा हातिको बथानले किसान लगाएको अन्न वाली सधै खाने गरेका कारण किसान निकै समस्यामा रहेको बताए ।
उनले निर्वाचनको समयमा सधै नेताहरुले यस्ता समस्या समाधान गर्ने आश्वसन दिएपनि कहिले पुरा नगरेको बताए । यस पटक हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा झुटा सपना बाड्ने नेता तथा राजनैतिक पार्टीलाई मत नदिने उनको भनाई छ ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ का महिला उम्मेदवारहरुले समेत महिलाको भावना तथा विकास गर्ने नेतालाई मत दिने बताएका छन् । विद्युत, खानेपानी, स्वास्थ्य र शिक्षामा ३ नम्बर क्षेत्र पछाडी रहेका कारण यी समस्या भोगेको नेतालाई मतदिने स्थानीय विकत्ती देवी चौधरीको भनाई छ । स्थानीय कला संस्कृतिको जग्रेना गर्न थारु उम्मेदवारलाई मत दिने उनले बताईन् ।
निर्वाचनका वेला जनताको घर दैलोमा पुगेर सधै मत माग्दै झुटा आश्वसन दिने उम्मेदवारलाई यस पटक मतदाताले चिन्ने प्रयास गरेका छन् । उनिहरुले ठुल्ला ठुल्ला सपना र योजना भन्दापनि शिक्षा, स्वास्थ्य, रोजगारी र सडक सुधारलाई मुख्य प्राथमिता दिन आग्रह गरेका छन् । त्यसैले उम्मेदवारहरुले झुटा आश्वसन भन्दा जनताका समस्या प्रति सजक हुन आवश्यक छ ।













