सामाजिक संजाल नै प्रचारको मुख्य माध्यमः रेशम

कैलाली, १६ मंसिर । चुनाव नजिकिदै जाँदा उम्मेदवारहरु जनताको घरदैलोमै पुगेर समस्या सुन्ने, समाधानका लागि बाँचा गर्ने गरिरहेका छन्, जो पछिल्लो पटक तिव्र गतिमा भएको छ ।

धेरै उम्मेदवारहरु करिब करिब सबैको घरदैलोमा पुगिसकेका छन् । कोही उम्मेदवार दोश्रो पटक समेत दोहोर्याईरहेका छन् । तर, टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरारको सूचिमा रहेका रेशम चौधरी भने अहिलेसम्म कुनै पनि मतदाताको घरमा पुगेका छैनन् । नत उनले कुनै घरदैलो गरेका छन्, नत कुनै सभा समारोह नै ।

भारतमा आप्रवासी जिवन बिताई रहेका रेशम चौधरी आफ्नो चुनावी प्रचारप्रसार भने प्रोजेक्टर र सामाजिक सञ्जालबाट अगाडी बढाईरहेका छन् । राजपाबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उमेदवारी दिएका रेशम चौधरी मेसेन्जरबाट आफ्नो मन्तब्य पठाउँने र कार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रोजेक्टरको माध्यमले देखाउँदै भोट माग्ने गरेका छन् ।

आफू बाहिर बसेर सामाजिक संजालको माध्यमबाट आफ्नो प्रचारप्रसार गरिहेको प्रतिनिधी सभा उम्मेदवार रेशम चौधरीको भनाई छ । म बाहिर बसे पनि मूलुकलाई नजिक बनाईदिने एउटा माध्यम छ सामाजिक संजाल नै प्रचारको मुख्य माध्यम भएको बताउँदै उम्मेदवार रेशम चौधरीले आफूले सामाजिक संजालमा स्टाटस लेख्ने र मतदाताहरुले रुचाउँने र लाईक गर्ने गरेको बताउँनुहुन्छ ।

म गएकै छैन रेशम चौधरीले भन्नुभयो, झण्डा कसले सिलाउँछ, व्यानर कस्ले झुण्ड्याउँछ, प्रोजेक्टरबाट प्रचारप्रसार कसले गर्छ त्यो त मैले सुन्ने मात्र हो । जनता आफै उत्साहित छन्, उमंगित छन्, हामीले आफ्नो नेतालाई चुन्न पाउँनुपर्छ चौधरी भन्नुहुन्छ, थरुहटको मागलाई स्थापित गर्ने एउटा नेतृत्वलाई स्थापित गराउँन सक्नुपर्छ ।

नेताहरु फुलमाला लगाएर घरदैलो गर्छन् म हेर्छु, मुस्कुराउँछु मेरो घाटीमा माला छैन रेशम चौधरी भन्नुहुन्छ जितेपछि फुलको माला लगाउँने रहर छ । जीतपछिको अवस्था स्वर्णीम हुने बताउँदै रेशम चौधरीले सिहदरबारको ढोका खुला खुला रहने र आफू ससम्मान जनतामाझ फर्कने बताउँनुहुन्छ । जितेपछि प्रतिवाद गर्ने जनता बिरोधी भएको बताउँदै रेशम चौधरीले, लोकतन्त्र र प्रजातन्त्रमा जनताको बिरोध गर्न नपाईने तर्क छ । जसले गर्छ त्यो नांगिन्छ, जनमतको कदर संसारले गरेको छ चौधरी भन्नुहुन्छ, जनमतले आफूलाई स्थापित गर्ने र त्यही जनमतले सिहदरबारको ढोका आफ्ना लागि खुला रहन्छ ।

ज्नताले आफ्नो माग मुद्धा सम्बोधन गराईदिने नेताको खोजीमा रहेको बताउँदै थरुहटका मुद्धाका लागि आफूले नेतृत्व गरिरहेको बताउँदै आफू झूठो मुद्धाका कारण आफू प्रवासी भएकोले जनताको मनमा बस्नु नै आफ्नो जित्ने आधार भएको बताउँनुभयो ।
के नेतृत्व गर्दैमा राज्यले झुठा मुद्धा लगाउँन पाउँछ रेशम चौधरीले प्रतिप्र्रश्न गर्दै भन्नुभयो, हामीले प्रजातान्त्रीक मुलुकमा बोल्न पनि नपाउँने । मैले कुनै बेईमान गरेको छैन, मैले कसैको हत्या गरेर आफू निर्वासित नभएको बताउँदै सबैलाई थाहा छ आफूलाई इंगित गदै भन्नुभयो म एउटा थरुहट नेता हुँ, संयोजक हुँ ।

आफ्नो हक र अधिकारका लागि बोल्न पनि नपाउँने, हाम्रो अधिकार तिम्रो संविधानमा सुनिश्चित गर भन्न पनि नपाउँने रेशम चौधरी भन्नुहुन्छ, असोज ३ गते एउटा जनताले दियो जलाउँने एउटाले निभाउँने ।

देश द्रोह, देश बिखण्डन हामीले चाहेका छैनौ, मुलुक बिखण्डन हाम्रो होईन्, सोच नै हामी राख्दैनौ रेशम चौधरीले भन्नुभयो, हामीले आफ्नो देशभित्र अधिकार खोज्दै छौं ।

कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने चुनावी मैदानमा छन्। बाम गठबन्धनबाट एमालेका गरिमा शाह भिड्दै छन । न्यौपाने र शाहबीच कडा प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा रेशम चौधरीले टक्कर दिने विश्लेषण गरिँदैछ ।

९३ हजार ६ सय ७२ मत रहेको यस क्षेत्रमा करिव ६० प्रतिशत थारु मतदाता रहेका छन्। गत संविधान सभाको चुनावमा पनि ३ ठुला दललाई उछिन्दै प्राध्यापन पेशा छोडेर मधेसी जनधिकार फोरमबाट उम्मेदवार बनेका जनक चौधरीले चुनाव जितेका थिए ।

थारु मतदाताको मत तान्न नेपाली काँग्रेसले प्रदेश शभा(क) मा पुर्व सासंद जनक चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदेश सभा ख मा डा.रनबहादुर रावल उम्मेदवार रहेका छन ।

बाम गठबन्धनका तर्फबाट प्रदेश सभा क मा लालवीर चौधरी र प्रदेश सभा ख मा माओवादी केन्द्रका नेप बहादुर चौधरी रहेका छन् । लालवीर चौधरी रेशमका बुवा हुन् ।

८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि रेशम चौधरी फरार छन । उनलाई सरकारले टीकापुर घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यान मुद्धा, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीन वटा मुद्धा चलाएको छ ।