वाम गठबन्धनका उम्मेदवार थापाको निजि गाडीमा आगजनी

धनगढी, १४ मंसिर । कैलाली–२(क) का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।

आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन । प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको बताईएको छ ।