सुदुरपश्चिममा विकास नहुनु पार्टीको न्यून चासो
धनगढी, १४ मंसिर । १२ खरी मिडिया प्रालिले धनगढीमा गरेको मतदाता जागरुपता कार्यक्रममा बोल्दै कैलालीका विभिन्न राजनैतिक पार्टीहरुले एक आर्को पार्टीलाई दोष लगाउँदै यहाँको विकास हुन नसकेको आरोप लगाएका छन् ।
विवेक शिलसाझा पार्टीका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्य दिनेश राज भण्डारीले कुनै पनि पार्टीले सिद्धान्तका आधारमा काम गर्न नसकेको कारण विवेकशिल पार्टी स्थापना भएको बताए । उनले नेपालका कुनै पनि पार्टीहरु सिद्धान्तका आधारमा अघि नबढेको आरोप लगाए ।
यस क्षेत्रबाट विभिन्न पार्टीका नेताहरु राज्य सत्तामा आएपनि विकासको काममा कुनै चासो नदिएकोले वैकल्पिक शक्तीका रुपमा विवेक शिल पाटी आएको भण्डारीको भनाई छ ।
नेकपा एमाले कैलालीका सचिव रण बहादुर चन्दले देशमा स्थाई सरकार नभएका कारण विकास हुन नसकेको बताए । उनले यस क्षेत्रबाट काँग्रेसका सभापति शेर बहादुर देउवा ४ पटक प्रधानमन्त्री भएपनि विकासका दृष्ट्रिकोणले सवै भन्दा पछाडी परेको बताए । उनले जनताले खोजेको विकास अब बाम गठबन्धले स्थाई सरकारमा गई पुरा गर्ने बताए ।
नेपाली काँग्रेसका नेता नृप सुनारले काँग्रेस कै नेतृत्वमा सरकार बनेको वेला देशमा विकास भएको दावी गरे । उनले सुदुरपश्चिमलाई राज्यसंग जोड्ने काम नेपाली काँग्रेसको सरकारले गरेको बताए । देशमा सविधान निर्माण भएसंगै विकासको काम पनि अधि बढेको उनले बताए । मंसिर २१ गते सम्पन्न हुने आम निर्वाचनमा मतदाता शिक्षा लाई प्रभाबकारी बनाउन कार्यकर्ता परिचालन भएको उनको भनाई छ ।













