नेपाली सेनाको गाडी दुर्घटना, १६ जना घाइते, ३ को अवस्था चिन्ताजनक

अछाम, १४ मंसिर । बाजुराको निर्वाचनमा खटिएर फर्कदै गर्दा मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्र्घटना भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

बाजुराबाट दिपायल फर्केको सेनाको लु १ ग २७८ नम्बरको ट्रक अछामको साँफेबगर मंगलसैन सडकखण्डको तिमिल्सेनामा दुर्घटना भएको हो ।

घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । बाजुरामा निर्वाचन गाडीको ब्रेकफेल भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।