नेता ध्रुबलाई षड्‍यन्त्र गरेर गिरफ्तार गराएको नेकपा कैलालीको आरोप

कैलाली, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेताहरुलाई षड्‍यन्त्र गरेर गिरफ्तार गराएको भन्दै आक्रोसित भएका छन् ।

जिल्ला सचिवालय सदस्य ध्रुब संज्याललाई षड्‍यन्त्र गरि प्रहरीलाई गिरफ्तार गराएको भन्दै जिल्ला सेक्रेटरी गणेश ढकालले कडा प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रहरीले कैलालीको लम्की चुहा नगरपालिका १ स्थित घरबाटै ध्रुबलाई केही व्यक्तिले फसाएर गिरफ्तार गर्न लगाएको भन्दै सेक्रेटरी ढकालले आपत्ति जनाएका हुन् ।

आफ्ना निर्दोश नेता कर्यकर्ताहरुलाई षड्‍यन्त्र गरेर फसाउनेलाई नछोड्‍ने उनले चेतावनी समेत दिएका छन्। प्रहरीले विभिन्‍न मितिमा गरी जिल्ला इन्चार्ज रामबहादुर थार (महान) सहित १२ नेता(कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार गराउने व्यक्तिहरु प्रहरीको कार्यालयमा पुगेको बताइएको छ ।