नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावी सभालाई सम्बोधन गर्दै गर्दा तिन वटा बम विस्फोट
ललितपुर, १२ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको चुनावी सभामा लगातार तीनओटा बम विस्फोट भएका छन् ।
गठबन्धनले लतितपुरको लगनखेलमा आयोजना गरेको जिल्लास्तरिय चुनाव सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गर्दैगर्दा बम विस्फोटका आवाज आएको थियो ।

लगातार तीनओटा बम विस्फोटको आवाज आएपछि मञ्चमा रहेकी माओवादी केन्द्रकी नेतृ तथा ललितपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालतिर हेरेर ओलीले बोल्न छोडेर कति टाढा हो ? भनेर सोधेका थिए । जवाफमा भुसालले टाढौ हो भनेपछि ओलीले सम्बोधन जारी राखे । तर बम विस्फोट सभा स्थलबाट करिब पाँच सय मिटर टाढा थियो ।
चुनावी सभाबाट नजिकै रहेको नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालय अगाडि गराइएको विस्फोटबाट ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटका कारण जमिन गहिरो खाल्डो परेको छ । अज्ञात समूहले गराएको उक्त विस्फोटले कार्यक्रममा सहभागीहरुबीच केही बेर भागदौड मच्चिएको बताइएको छ ।
वातावरण शान्त भएपछि सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले ओलीले आक्रोसित हुँदै जनताका प्रतिनिधि चुन्न चुनाव नगराएर अरु के गर्ने ? उनको अर्को प्रश्न थियो, बम पड्काउनेलाई राजा बनाउनु पर्ने हो रु भन्दै बम विस्फोट गराउनेलाई प्रश्न गरेका थिए । ओलीले यस्ता साना तिना विस्फोटबाट चुनाव नरोकिने बताए













