प्रधानमन्त्री देउवाको सभामा बम विष्फोट, म्यादी प्रहरी सहित ८ घाइते
दाङ, १२ मंसिर । जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभामा बम विस्फोट भएको छ ।

दाङको तुल्सीपुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न देउवा यहाँ पुगेका थिए । देउवा पुगेलगत्तै गरिएको बम विस्फोटबाट म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले तुलसीपुर उपमहानगरपालिकाको तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो ।
सभास्थल भन्दा करिब ५० मिटर नजिक बम विष्फोट भएपछि काँग्रेस नेताहरु तथा सहभागी त्रसिद बनेका थिए ।













