सुचना प्रवाहमा कमी हुन नदिने प्रअको भनाई
स्थानीय तहको निर्वाचनमा सुचना प्रवाहमा भएको कमि कमजोरी प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा नदोहोरिने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीले आयोजना गरेको आम संचार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो कुरा बताएका हुन् ।
उनले मतदान स्थल तथा निर्वाचनपछिको मतपरिणामका विषयमा यस पटक सहज हुने बताए । निर्वाचनका विषयमा पत्रकारहरुले समेत जिम्मेवारी पुर्वक समाचार संकलन गनुपर्ने बताए । पत्रकार कुनै ब्यक्ति नभई एउटा समाजको जिम्मेवार नागरिक भएका कारण समाचार रिपोटिङमा ध्यान दिनु पर्ने बताए ।
जिल्ला पत्रकार महासंघका अध्यक्ष जगद साउँदको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ट अपाध्यक्ष निपुल पोख्रेल प्रमुख अतिर्थि रहेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा विभिन्न संचार माध्यमा आबध संचारकर्मीको सहभागिता रहेको थियो ।













