निर्वाचनलाई मध्येनजर गरि कैलालीमा सुरक्षा व्यवस्था मजवुत
धनगढी, १२ मंसिर । २१ गते सम्पन्न हुने आम निर्वाचन लाई मध्येनजर गदै कैलालीमा ३ वटै सुरक्षा निकाय परिचालन भईसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

निर्वाचनका लागी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितीका संयोजक तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसार रिजालले बताए ।
निर्वाचनको सुरक्षाका लागी नेपाली सेनाले ४ स्थानमा तथा शसस्त्र प्रहरीले १६ स्थानमा क्याप बनाएको छ । कैलाली जिल्लामा मंसिर ७ गते देखि सेना परिचालन भएको र १६ गते सम्म सवै सुरक्षा निकाय मतदान स्थलमा गई सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
उनले कैलालीमा रहेका २ सय ३० मतदान स्थल मध्ये ७७ वटा अति संवेदनसिल, १ सय १७ वटा संवेदनसिल र ३७ वटा सामान्य गरी सुरक्षा प्रबन्ध मिलाईएको बताए । संवेदनसिल, अतिसंवेदनसिल र सामान्यमा त्यहि अनुसारको सुरक्षा व्यवस्था कायम हुने रिजालको भनाई छ ।
प्रदेश र प्रतिनिधी सभा निर्वाचनको सुरक्षाका लाई १८ गते साझँ ५ बजे देखि २१ सगे साझँ ५ बजे सम्म भारतसंग सिमा जोडिएका कैलालीका नाकामा आवतजावत बन्द गरिने विषयमा दुवै देशका सुरक्षा अधिकारको छलफल सम्पन्न भईसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
उनले भारत बाट नेपाल आउँने मतदाताका लागी भन्ने २० गते सम्म आउने ब्यवस्था गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विनोद घिमरेले तराईका अन्य जिल्ला जस्तै कैलाली जिल्ला समेत सुरक्षाका दृष्ट्रिकोणले संम्वेदन सिल जिल्ला भएको बताए ।
उनले हाल सम्म कैलाली जिल्लामा निर्वाचन लक्षित कुनै घटना नभएपनि जिल्लका सवै स्थानमा सुरक्षा ब्यवस्था कडा पारिएको बताए । कैलालीका सवै उम्मेदवार तथा २ सय ३० वटै मतदान स्थलको सुरक्षामा प्रहरीले कुनै कमी नगरेको उनको भनाई छ । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनबाट कैलालीमा ५ प्रतिनिधी तथा १० प्रदेश सभाका लागी निर्वाचन हुदैछ ।













