काग्रेस क्षेत्र नम्बर ४ को प्रतिवद्र्धता पत्र सार्वजनिक
अत्तरिया, १२ मंसिर । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार सुनिल कुमार भण्डारीले कांग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान नारासहित क्षेत्र नम्बर ४ को प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी १० वटा शिर्षकलाई मुख्य प्राथमिकता दिएको प्रदेश नम्बर ४ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सुनिल कुमार भण्डारी बताए ।
उनले सामाजिक विकास, कृषि तथा भुमि सुधार, भौतिक पुर्वाधार तथा सडक, सिचाई खानेपानी जलविद्युत तथा तटबन्धलाई मुख्य प्राथमिकता दिने बताए । त्यस्तै धर्म संस्कृति र पर्यटन प्रवद्र्धन, शिक्षा स्वास्थ्य, युवा रोजगार तथा खेलकुद, सुचना तथा संचार, वन तथा प्रर्यावरण र सुशासनका लागी काम गर्ने बताए ।
चुनावी प्रचार प्रसार अन्तरगत पत्येक जनताको घर दैलोमा जाने क्रममा जनताको विश्वास कांग्रेस प्रति बढ्दै गएका करण आफ्नो जित लाई कसैले रोक्न नसक्ने भण्डारीले बताए ।
उनले चुनावी प्रचार प्रसारमा कांग्रेसका सवै भातृसंगठन सक्रिय रहेको जानकारी दिए । प्रतिबद्र्धता सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश सभा क का उम्मेदवार यज्ञराज चौधरीले जनताका लागी ४ नम्बर क्षेत्र बसेर धेरै काम गरेका कारण यस पटक जनताले आफुलाई मत दिने बताए । उनले आफ्नो प्रतिस्पधीका रुपमा बामगठबन्धका उम्मेदवार नलिएको जानकारी दिए । चौधरी र पहाडी समुदायको मतले नै आफु विजय हुने उनको विश्वास रहेको छ ।
कांग्रेस क्षेत्र नम्बर ४ को प्रतिवद्र्धता पत्रमा थारु समुदायमा चलिआएको भलमन्सा प्रथालाई संरक्षण गर्न तलब भत्ताको ब्यवस्था गर्ने जनार्ईको छ ।













