जनताको जिवन स्तरलाई माथि उकास्न गिता राणाको स्वतन्त्र उम्मेदवारी

कैलाली, ११ मंसिर । प्रतिनिधी सभा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी गिता राणले जनताको जिवन स्तरलाई उकास्न आफ्नो उम्मेदवारी भएको बताएकी छन् । उनी क्षेत्र नम्बर ४ को भौतिक पुर्वाधारको विकास साथै धर्म, संस्कृति, भाषा र हरियाली खोलानालाको संरक्षण गर्नु एजेण्डा बाड्दै घरदैलोमा होमिएकी छिन्
उनले सांसद रहेका वेला सांसद विकास कोषको सवै रकम क्षेत्र नम्बर ४ मा खानेपानी तथा अन्य विकाका पुर्वाचारमा खर्च गरेको बताउदै यसपाली जितेर गए गर्न बाँकी रहेको काम पुरा गर्ने बताइन् ।
उनले यस पटक जनताले आफुलाई विजय गराएको अवस्थामा थारु समुदायका लागि सांस्कृतिक संग्रालय, महिला सशक्त्तिकरण, गोदावरी, खानीडाँडा र हाटखोलीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताईन् ।
सवै निर्वाचन देशका ठुल्ला पाटीलाई मात्र जनताले विजय गराउँदै आएपनि ति पार्टीहरुले विकास गर्न नसकेका कारण अब साना तथा स्वतन्त्र उम्मेदवार लाई जिताउनु उनको उनले जनतासंग आग्रह गरिन् ।