क्षेत्र नं. ३ का उम्मेदवार चुनाव एजेन्डा छर्दै, सबैले आफ्नो जीत सुनिश्चित हुनेमा ढुक्क
हसुलिया ११ मंसिर । प्रदेश र प्रतिनिधी सभा निर्वाचनको मिती नजिकीएसंगै कैलालीको क्षेत्र नम्बर ३ मा चुमावी माहोल तातेको छ ।
३ नम्बर क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो कार्यक्रम देखि आम सभा गर्न व्यस्त छन् । कैलालीका ५ वटै निर्वाचन क्षेत्र मध्ये विकासका दृष्टिकोण सवै भन्दा पछि रहेको ३ नम्बर क्षेत्रमा नेपाली काँग्रेस र बाम गठबन्धनको कठा प्रतिस्पधा भईरहेको छ ।

कैलालीको क्षेत्र नम्बर ३ का उम्मेदवार रामजनम चौधरी जनताको घरदैलो देखि आम सभा गदै भोट मागिरहेका छन् । २०४८ साल देखि निरन्तर चुनाव जितेकै कारण क्षेत्र नम्बर ३ को विकास भएको चौधरीले दावी गर्छन् ।
नदि कटानी, मल, विउ र किसानलाई सिचाईको उपलब्धता गराउन अझै आफुले जित्नु पर्ने चौधरीले बताए । उनले क्षेत्र नम्बर ३ का प्रजातान्त्रिक शक्तिहरुको साथ भएका कारण आफ्नो जितलाई कसैले रोक्न नसक्ने दावी गरे । तर चौधरीले चुनाव जितेपछि जनताका लागी भन्दा पनि आफ्नै राजनैतिक स्वार्थका लागी बढी काम गरेको त्यस क्षेत्रका जनाताले बताएका छन् । उनी राजनितीक रुपमा चतुर खेलाडी भएपनि विकासका कच्चा खेलाडी भएको आरोप जनताको छ ।

बामगठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ को प्रदेश क का उम्मेदवार विरमान चौधरीले जनताले स्थाई र विकास गर्ने पार्टी खोजेका कारण यस पटक क्षेत्र नम्बर ३ मा बामगठबन्धको जित सुनिश्चित हुने बताउछन् ।
२०६४ सालमा त्यस क्षेत्रबाट निर्वाचन जितिसकेपछि धेरै विकास निमार्णका काम गरेका कारण जनताले आफुलाई मत दिने उनको दावी छ । ३ नम्बर क्षेत्रका कमैया, सुकुम्बासी र भुमिहिनहरुका लागी धेरै काम गरेको बताउदै चौधरीले यस पटक प्रदेश सभामा आफु््ले जिते ३ नम्बर क्षेत्रमा विकासको लहर छाउने पक्क रहेको बताए ।

कैलालीको क्षेत्र नम्बर ३ मा अन्य पार्टीहरु समेत चुनावी प्रचार प्रसारमा ब्यस्त बनेका छन् । नेपाल लोकतान्त्रिक फोरमका भानुराम चौधरी समेत त्यस क्षेत्रबाट आफु चुनाव जित्नेमा ढुक्क रहेको बताउछन् ।
थारु बाहुल्य क्षेत्र रहेको उक्त क्षेत्रमा थारु समुदायको हक हितका लागि आफुले प्रहरेदारीका रुपमा काम गरेका कारण यस पटक थारुले आफुलाई जिताउने उनको विश्वास छ ।

क्षेत्र नम्बर ३ मा आफुले जिते कटैनी, कान्द्रा र मोहना नदिमा तट्बन्धको उचित व्यवस्था गर्ने उनको भनाई छ ।
नेताहरुले चुनाव जित्नका लागि ठुला ठुल्ला आश्वसन दिएपनि यस पटक जनताले विश्वास गरेका छैन्न । उनीहरु ठुल्ला ठुल्ला सपना भन्दा पनि सडक, शिक्षा, विजुली र न्युन आधारभुत आवश्यकता पुरा गर्ने माग गरेका छन् ।













