बझाङमा मतदान केन्द्र नजिकै बम विष्फोट, सुरक्षाकर्मीको गस्ती बढ्‍यो, मतदाता आतंकित

बझाङ, १० मंसिर । मतदानको समय सुरु हुनु केही समय पहिला जिल्लामा बम विस्फोट गराइएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका वडा नम्बर–५ मा बिहान नचिनेको मानिसको समूहले बम विष्फोट गराएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार वडा नम्बर ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासी नजिकै बम विस्फोट भएको हो । विस्फोटसँगै मतदाता डराएका छन् भने सुरक्षाकर्मीले सतर्कता बढाएका छन् ।

बम विस्फोटको आवाज ठूलो आएपछि राजनीतिक पार्टीका कार्यकर्ता बाहेक सर्वसाधारण मतदाता मतदान सुरु हुने समयसम्म पनि कोही घरबाट ननिस्केको बताइएको छ ।

यसअघि शनिबार दिउँसो पनि छविसपाथीभेरा गाउँपालिकाको वडा नम्वर ४ को जंगलमा बम पड्किएको थियो ।