गाई बचाउ अभियानमा एक लाख १२ हजार एक रुपैया जमा

धनगढी, १० मंसिर । दिनेश एफएमको गाई बचाउ अभियानमा चार जना मुश्लिम समुदायका दाताहरुले पनि सहयोग गरेका छन । धनगढी ३ का मुत्तीयार अहमदले १०१, सोही ठाउँका मेहताब हुसेनले दुई सय, रियाज अहमतले एक सय र मुहम्मद मुक्तियाज अहमदले दुई सय आर्थिक सहगोय गरेका छन् ।

बेल्डीङको काम गर्ने मुक्तियाज अहमदले, ट्रस्ट बनाउन लाग्ने बेल्डीङ पनि निशुल्क गरिदिने र किलाकाँटी पनि सहयोग गर्ने बताए । यस्तै धनगढीका जगत बहादुर थापा र उनका छिमेकीहरुले संकलन गरेको एक हजार १५ रकम पनि दिनेश एफएमको खतामा जमा भएको छ । थापाले शुक्रबार रकम जमा गरेको बताए । यस्तै शनिबार सम्म गाउ बचाउ अभियानका लागि एक लाख १२ हजार एक रुपैया संकलन भएको छ ।

अभियान सफल पार्न घरमा पालिएका गाईलाई छाडा नछोडुनन् भन्ने उद्देश्यले गाउँ गाउँमा गएर प्रत्येक घरको गाईलाई घरको पहिचान दिए केही वर्षमै यो अभियान व्यवस्थितरुले सफल हुने पक्का देखिन्छ ।