तरकारी खेतीबाट आर्थिकरुपले सबल बन्दै थारु महिला

कैलाली, ७ मंसिर । ब्यवसायिक तरकारी खेती तथा मझौला ब्यवसायबाट कैलालीका पुर्व मुक्त कमैयाकाहरुको आर्थिक अवस्थामा सुधार हुदै गएको छ । लामो समय अरुको घरमा काम गरि १७ बर्ष पहिले मुक्त बनेका कमैयाहरुलाई सरकारी तथा गैरसरकारी संस्थाले कृषि औजार, विउ, मल कृषि प्राविधीक तालिम र ब्यसायका लागि केहि आर्थिक सहयोग गरेपछि उनिहरुको जिवन फेरिएको छ ।
केहि बर्ष पहिले दैनिक मजुरी गदै जिविका चलाउँदै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र १७ वस्ने मुक्त कमैयाकाहरुले सरकारले दिएको जमिनमा ब्यवसायीक तरकारी गरी मासिक १५ देखि २० आम्दानी गदै आएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा शिविरमा २ कक्ठा जािनमा तरकारी खेती गदै आएका रामऔतार चौधरी अहिले साझँको विहानको समय करेसा बारीमा ब्यस्त छन् ।
कमैयाबाट मुक्त भएको लामो समय सम्म अरुको काम गदै दैनिकी चलाउँदै आएपनि अहिले आफैनै जमिनमा तरकारी खेती तथा बंगुर पालन गदैआएको अनले बताए । तरकारी खेती र बंगरपालिनबाट अहिले बार्षिक १ लाख ५० हजार आम्दानी हुदै आएको उनले बताए ।
धनगढी उपमहानगरपमलिका वडा नम्बर १७ धुर्जन्ना शिबिरका लाल बहादुर चौधरीले ३० बर्ष अरुको घरमा मुक्तकमैया भएर दासता जिवन बिताए । त्यसपछि नेपाल सरकारले २०५७ सालमा मुक्त कमैया अन्तयेको घोषणा गर्यो र उनि १७ बर्ष पहिले मालिको घरबाट मुक्त भए । मुक्त भएपछि धुर्जन्ना शिविरमा सरकारले ५ कठ्ठा जमिन अपल्ध गरायो ।
सरकारले दिएको उक्त जमिनमा उनले १५ बर्ष सम्म प्रम्परागत रुपमा गरिदै आएको धान, गहु , तोरी जस्ता वालीहरु लगाए तर सोचे जस्तो उत्पादन कहिले भएन । २ बर्ष पहिले कमैया उन्मुलन समाज कैलालीले मुक्त हलिया, कमैया र कम्लरीहरुको स्वतन्त्रता सवलिकरण परियोजना अन्तरर्गत कृषि औजार, विउ, मल कृषि प्राविधीक र तालिम उपल्ध गराएपछि तरकारी खेती शुरु गरेको चौधरीले बताए ।
तरकारीखेती बाट अहिले उनको बार्षिक २ लाख आम्दानी हुदै आएको छ ।
पुर्व मुक्त कमैया कम्लरीहरु तरकारी खेतीमात्र नभई अहिले सिलाईकटाई, कसमेटिक पसल र फेन्सी पसल समेत चउादै आएका छन् । सानोमा अरुको घरमा काम गरेर शिक्षा आर्जन गर्न नसकेका पुर्व मुक्त कमैया कम्लरीहरुले अहिले सानो ब्यवसायबाट छोरा छोरीहरुलाई सरकारी तथा निजी स्कुल पढाउँन सक्ने भएका छन् ।
कमैयाबाट मुक्त भएको लामो समय सम्म समेत आर्थिक अवस्थामा सुधार नभएका पुर्व कमैयाको परिवारलाई कमैया उन्मुलन समाज कैलालीले तरकारी खेतीबाट उनिहरुको आर्य स्तरमा वृद्धि गर्न उद्देश्यले कृषि औजार र तालिमको ब्यस्था गरदै आएको कमैया उन्मुलन समाज कैलालीकी अध्यक्ष बसन्ती चौधरीले बताईन् ।
उनिले तरकारी खेतीका लागी विउ, मल, तालिम र सिचाईका लागी किसान लाई मोटर उपल्ध गराएको बताइन् । पुर्व मुक्त कमैयाहरुले शुरु गरेको तरकारी खेती बेरोजगार युवाहरुका लागी प्रेरणाको स्रोत बनेको छ र यसलाई अझै ब्यापक बनाउँन कृषि लाई आधुनिकिरण गदै युवाहरुलाई कृषि ब्यवसायका लागी सरकारले अनुदान दिन जरुरी छ ।













