सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम
धनगढी, ७ मंसिर । समाजमा बढ्दै गएको सामाजिक विभेदलाई कम गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को धुर्जन्नामा वसोकास गर्ने थारु र पहाडी समुदायले संगै दुवै समुदायको खानपनि साँटासाँट गदै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।
विगत लामो समय देखि एउटै समाजमा बस्दै आएपनि लवाई खवाई तथा सांस्कृतिक कार्यक्रमहरु आफ्नै मौलिक पहिचानमा गर्ने दुवै समुदायले आज एउटै मंञ्चमा संगै खाना खाई नाँचगान समेत गरेका छन् ।

यस अघि कहिले एक अर्काे समुदायको खानपिन संगै नखाएका दुवै समुदायले सामाजिक सद्भावका लागी यस्तो कार्यक्रम गरेको बताए छन् वाईट कमैया प्रथा उन्मुलन समाज कैलालीले दुवै समुदायलाई एउटै स्थानमा जम्मा गरी खानपिन र रमाइलो गर्ने वातावरण जुराई दिएको हो ।
कमैया प्रथा उन्मुलन समाज कैलालीका अध्यक्ष बसन्ती चौधरीले पछिल्लो समय कैलाली जिल्लामा राजनैतिक परिस्थीतीका कारणले एउटैै समाजमा वस्दै आएका समुदायमा नैराश्यताको भावना बढ्दै गएका कारया यस्तो कार्यक्रमको आयोजना भएको बताइन् । यस्ता कार्यक्रमले आर्थिक रुपमा कमजोर तथा समाज पछाडी पारिएको समुदायलाई फाइदा पुग्ने उनको वुझाई छ ।
सामाजिक सद्भाब कार्यक्रम संचालनमा सहयोग गर्न संस्था युएन डिपीका सामाजिक सद्भाब तथा लोकतान्त्रिक कार्यक्रमका क्षेत्रिय संयोजक अर्जुन कुमारले समुदायविच अधिकारका नाममा भएको मतभेदलाई कम गर्न यो कार्यक्रम भएको बताए ।
मानिसको संस्कृति र खानपिन नै सवै भन्दा पहिले साटासाट हुने भएका कारण यसले दुवै समुदायलाई जोड्ने काम गरेका उनको भनाई छ । वाईट सामाजिक सद्भाब कार्यक्रममा कैलालीका सरकारी तथा गैरसकारी निकायको सहभागिता रहेको थियो ।













